शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट : अर्जेन्टिनाको लगातार तेस्रो जित

एक्सप्रेस पाना
आश्विन २६, २०८० शुक्रबार
  • 288
    SHARES
  • विश्वकप छनोट : अर्जेन्टिनाको लगातार तेस्रो जित

    काठमाडौ । अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ।

    images

    ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा लगातार तेस्रो जित निकाल्नेक्रममा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गर्दै गरेको हो। 

    अर्जेन्टिनाको जितमा खेलको तेस्रो मिनेटमा नै निकोलस ओटामेन्डीले निर्णायक गोल गरे।

    images

    यस जितसँगै अर्जेन्टिना ३ खेलबाट ३ जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित पाराग्वे १ अंक जोडेर नवौं स्थानमा छ।

    यस छनोटमा दक्षिण अमेरिकाका १० राष्ट्र रहेका छन्। सबै राष्ट्रले एक आपसमा खेल्नेछन्। छनोटमा शीर्ष ६ रहने टोली विश्वकपमा छनोट हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल