शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मालिकादेवी कप: दोस्रो दिनमा ५ टिमलाई सफलता

एक्सप्रेस पाना
आश्विन २८, २०८० आइतबार
  • 246
    SHARES
  • मालिकादेवी कप: दोस्रो दिनमा ५ टिमलाई सफलता

    सिन्धुपाल्चोक । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन 'ए' साइड नगर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो दिनका ५ खेल सम्पन्न भएको छ।

    images

    आइतबारको पहिलो खेलमा वडा नम्बर ८ ले  जल्केनी युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। 

    वडा नम्बर ४ को जितमा अलिन तमाङले ह्याट्रिक गोल गरेका थिए भने आशिष जिम्बाले १ गोल गरे। यस्तै खेलको म्यान अफ दि म्याच वडा नम्बर ४ का अनिल घोषित भए। उनले नगद एक हजारसहित ट्रफी प्राप्त गरे।

    images

    दोस्रो खेलमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै वडा नम्बर ५ अघिल्लो चरणमा प्रवेश गरेको छ। निधारित ५० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेलको पेनाल्टीमा धकेलिएको थियो। यस खेलमा वडा नम्बर पाँचका गोलरक्षक घोष्ति भए। उनले नगद एक हजारसहित ट्रफी प्राप्त गरे।

    तेस्रो खेलमा वडा नम्बर ४ ले सुकुटे युवा समाजलाई १-० गोल अन्तरले पराजित गर्यो। यस खेलमा वडा नम्बर ४ का अशोक तामाङ म्यान अफ दि म्याच घोषि भए। उनले नगद एक हजारसहित ट्रफी प्राप्त गरे।

    चौथो खेलमा चौतारा पाँच युवा क्लबले सिंहमती युवा क्लबलाई १०- गोल अन्तरले पराजित गर्यो। चौताराको जितमा सुजन लामाले दोस्रो हाफरमा गरेको गोल नै निर्णयक बन्यो। यस खेलमा चौताराका सुजन उनले नगद एक हजारसहित ट्रफी प्राप्त गरे।

    पाँचौं खेलमा रोयल फ्यामेली क्लबले सहिद स्मृति 'ए' लाई ५-० गोल अन्तरले पराजित गर्यो। रोयलको जिमा रोनिस श्रेष्ठ र सन्देश गुरुङले २-२ गोल गरे भने प्रकाश खत्रिले एक गोल गरे। 

    मेलचौर युवा जागरण समाजको आयोजनामा शनिबारबाट सुरु भएको यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ।तेस्रो संस्करणमा कुल २७ टोलीले सहभागिता जनाएका छन्।  

    आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।

    पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो। 

    यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।

    प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। हरेक खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोर्ट्स नेपालको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत् हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल