सिन्धुपाल्चोक । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो दिनका ५ खेल सम्पन्न भएको छ।
सोमबार पहिलो खेलमा वडा नम्बर ६ ले माउन्ट एभरेस्ट युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेलमा महाङकाल भुमि तामाङ समाजले पोखरे युथ क्ललाई पेनाल्टीमा ३-२ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। निधारित ५० मिनेटको खेलमा गोलरहित बराबरी भएपछि खेलको पेनाल्टीमा धकेलिएको थियो।
तेस्रो तथा पहिलो प्रिक्वाटरफाइनल खेलमा मेलचौर युवा जागरण समाज ए वडा नम्बर ४ लाई ४-० गोल अन्तरले पराजित गर्यो। यो जितसँगै आयोजक मेलचौर ए क्वाटरफाइनमा प्रवेश गरेको छ।
चौथो खेलमा रोयल फ्यामेली क्लबले रियल रोयल्टीलाई ४-० गोल अन्तरले पराजित गर्यो। यो जितसँगै रोयल फ्यामेली क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पाँचौं तथा दिनको अन्तिम इन्द्र्ध्वज गण आम्रीलाई ०-३ गोलले हराउँदै इन्द्रावती १० युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। यस्तै मंगलबार प्रिक्वाटरफाइनलका अन्तिम ५ खेल हुनेछ।
मेलचौर युवा जागरण समाजको आयोजनामा गत शनिबारबाट सुरु भएको यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ। तेस्रो संस्करणमा कुल २७ टोलीले सहभागिता जनाएका छन्।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।
पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो।
यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका९७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। हरेक खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोर्ट्स नेपालको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत् हुनेछ।



