काठमाडौँ । युरोकप छनोट अन्तर्गत पोर्चुगलले बोस्निया हर्जगोभिनामाथि सानदार जित निकालेको छ।
सोमबार राति भएको खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ५-० को फराकिलो अन्तरदे पराजित गरेको हो।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए। योसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १२७ पुगेको छ। त्यस्तै पोर्चुगलका लागि ब्रुनो फर्नानडेज, जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले १/१ गोल गरे।
अघिल्लो खेलमै युरोकपमा छनोट भइसकेको पोर्चुगलको यो लगातार आठौ जित हो। यो जितपछि पोर्चुगलको समुह जे मा ८ खेलमा २४ अंक भएको छ र समुहमा शीर्ष स्थानमा रहेको छ।
यता पराजित त्यसैगरी बोस्निया हर्ज गोभिनाको भने ८ खेलमा ९ अंक छ र समुहमा पाँचौं स्थानमा रहेको छ।



