सिन्धुपाल्चोक । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ।
मंगबार ५ खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो।
मंगलबार पहिलो खेलमा सुनौलो बिहानी युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै फाइभ स्टार युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो।
यस्तै दोस्रो खेलमा चौतारा स्पोटिङ क्लबले वडा नम्बर ८ ईखुलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
तेस्रो खेलमा महाङकाल भुमि तामाङ समाजले चौतारा वडा नम्बर ५ लाई २-१ गोल अन्तरले पराजित गर्यो।
चौथो खेलमा थुमकि डाँडा युवा क्लबले चौतारा पाँच युवा क्लबलाई १-० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
यस्तै पाँचौं तथा दिनको अन्तिम खेलमा आयोजक मेलचौर युवा जागरण समाज बी लाई सडन डेथमा ७-६ ले हराउँदै वडा नम्बर ६ पिपलडाँडा अन्तिम ८ मा प्रवेश गरेको छ। निधारित समय ११ गोलको बराबरीमा सकिए पछि खेलको निणर्य पेनाल्टीबाट गरिएको हो। जसमा वडा नम्बर ६ ले बाजी मार्यो।
यस्तै प्रतियोगिता अन्तर्गत बुधबार बाट क्वाटरफाइनलका खेल हरु हुनेछ। पहिलो खेलमा मेलचौर युवा जागरण समाज ए भर्से महाङ्काल भुमि तामाङ समाज बिहान ७:३० बजे, चौतारा स्पोर्टिङ क्लब भर्सेस इन्द्रावती १० युवा क्लब ९ बजे, रोयल फेमेली भर्सेस थुम्की डाँडा युवा क्लब १ बजे, फाइभ स्टार युवा क्लब भर्सेस वडा नम्बर ६ निदको ४ बजे,यस्तै त्यसअघि दिउँसो २:३० बजे मेलचौर युवा जागरण समाज जुनियर ए र बी बीच मैत्रिपूर्ण खेल हुने।
मेलचौर युवा जागरण समाजको आयोजनामा गत शनिबारबाट सुरु भएको यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ। तेस्रो संस्करणमा कुल २७ टोलीले सहभागिता जनाएका छन्।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।
पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो।
यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। हरेक खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोर्ट्स नेपालको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत् हुनेछ।



