शुक्रबार, श्रावण २९ गते २०८३
images
images

त्रिकोणात्मक सिरिजमा नेपालको विजयी शुरुवात

एक्सप्रेस पाना
कार्तिक १, २०८० बुधबार
  • 346
    SHARES
  • त्रिकोणात्मक सिरिजमा नेपालको विजयी शुरुवात

    नेपालले आजदेखि काठमाडौँमा शुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। 

    images

    सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

    युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

    images

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक अविजित ५१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए। कप्तान पौडेल र ऐरीबीच चौथो विकेटका लागि ९२ रनको साझेदारी भएको थियो । नेपालका लागि कुशल भुर्तेलले १४ , आसिफ सेखले २३, कुशल मल्लले ११ रन बनाएका थिए।

    त्यसैगरी युएईका बलर निलांश केसवानी र अली नसीरले एक एक विकेट लिएका थिए।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो । युएईका लागि बसिल हमीदले सर्बाधिक ५१ रन बनाएका थिए । त्यस्तै अलि नासीरले ३२, कप्तान मुहमद वासीमले १७, आसिफ खानले १५ रन बनाएका थिए । 

    त्यसैगरी नेपाली बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झाले २ तथा सोमपाल कामी र अविनाश बोहोराले एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट