शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मालिकादेवी कप: सेमिफाइनल समिकरण पूरा

एक्सप्रेस पाना
कार्तिक १, २०८० बुधबार
  • 396
    SHARES
  • मालिकादेवी कप: सेमिफाइनल समिकरण पूरा

    सिन्धुपाल्चोक । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

    images

    बुधबार क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। 

    पहिलो खेलमा आयोजक मेलचौर युवा जागरण समाज ए टिमलाई १-० गोल अन्तरले हराउँदै महाङका भुमि तामाङ समाज सेमिफाइनलमा प्रवेश गरेको हो।

    images

    यस्तै दोस्रो खेलमा चौतारा स्पोटिङ क्लबले इन्द्रावती-१० युवा क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुबै टोलीबाट २-२ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी बाट लिएको हो। 

    तेस्रो खेलमा रोयल फ्यामिलीले थुम्की डाँडा युवा क्लबमाथि ३-० को सहज जित निकाल्यो। 

    चौथो तथा अन्तिम क्वार्टरफाइनलमा वडा नम्बर-६ ले फाइभ स्टार युवा क्लबलाई पेनल्टी सुटआउटमा ४-३ गोल अन्तरले निरास बनायो। निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। 

    सेमिफाइनलमा रोयल फ्यामिलीले चौतारा स्पोर्टिङ तथा महांकाल भुमिले वडा नम्बर-६ को सामना गर्नेछन्।

    मेलचौर युवा जागरण समाजको आयोजनामा गत शनिबारबाट सुरु भएको यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ। तेस्रो संस्करणमा कुल २७ टोलीले सहभागिता जनाएका छन्।  

    आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।

    पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो। 

    यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।

    प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका(७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। हरेक खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोर्ट्स नेपालको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत् हुनेछ। 

  • सम्बन्धित विषय:

  • # फुटबल