शुक्रबार, श्रावण २९ गते २०८३
images
images

न्यूजील्याण्डको लागातर चौथो जित

एक्सप्रेस पाना
कार्तिक २, २०८० बिहीबार
  • 291
    SHARES
  • न्यूजील्याण्डको लागातर चौथो जित

    काठमाडौँ । न्यूजील्याण्डले अफगानिस्तानलाई १४९ रनले पराजित गरेको छ। 

    images

    न्यूजील्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको अफगानिस्तान ३४.४ ओभरमा अलआउट हुदै १३९ रन मात्र बनाएपछि न्यूजील्याण्ड १४९ रनले विजयी भएको हो।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २८८ रन बनाएको थियो।

    images

    न्यूजील्याण्डका लागि ग्लेन फिल्प्सले सर्बाधिक ७१ रन बनाए भने कप्तान टम लाथमले ६८ रन बनाएका थिए। दुवैले पाँचौं विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए।

    त्यस्तै विल योंगले ५४, रचिन रविन्द्रले ३२, मार्क चापम्यानले २५ र डेभोन कोनवेले २० रन बनाएका थिए।

    त्यसैगरी अफगानिस्तानका बलर नविन उल हक र अज्मातुल्लाह ओमरजाइले २-२ विकेट लिए भने राशिद खान र मुजीब उर रहमानले एक एक विकेट लिएका थिए।

    यो जितपछि जारी क्रिकेट विश्वकपमा न्यूजील्याण्डले लगातार चौथो जित हासिल गरेको छ। योसँगै ४ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। त्यस्तै अफगानिस्तानको भने यो हारपछि चार खेलमा २ अंक रहेको छ र अंकतालिकामा नवौं स्थानमा झरेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट