शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मालिकादेवी कप: उपाधिका लागि रोयल फेमेली र महाङ्काल भुमि भिड्ने

एक्सप्रेस पाना
कार्तिक २, २०८० बिहीबार
  • 1.3K
    SHARES
  • मालिकादेवी कप: उपाधिका लागि रोयल फेमेली र महाङ्काल भुमि भिड्ने

    तेस्रो संस्करणमाको मालिकादेवी कप सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिता २०८० को फाइनल समिकरण पूरा भएको छ।

    images

    बिहिवार चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबार डाँडा मैदानमा सेमिफाइनलका खेलमा जित निकाल्दै रोयल फेमेली चौतारा र महाङ्काल भुमि तामाङ समाज फाइनल प्रवेश गरेका हुन्।

    पहिलो सेमिफाइनल खेलमा रोयलले चौतारा स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

    images

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा चौतारालाई रोयलले खेलको ५५औं मिनेटमा बिदेशी खेलाडी एलेक्सको निर्णायक गोलमा निराश बनायो। 

    यो सँगै रोयल पहिलो सहभागिता मै फाइनलमा प्रवेश गरेको हो। यता स्पोर्टिङ भने सेमिफाइनलमै रोकियो।

    यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा महाङ्काल भुमि तामाङ समाजले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

    महाङ्कालको जितमा राम ढकालले २ र नवीन गिरीले १ गोल गरे। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेको थियो।

    फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # मालिकादेवी कप