काठमाडौं । मेलचौर युवा जागरण समाजद्वारा आयोजित तेस्रो संस्करणमाको मालिकादेवी कप सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिता २०८० को उपाधि रोयल फेमिली चौताराले जितेको छ।
शुक्रबार सम्पन्न फाइनलका खेलमा रोयल फेमेली चौताराले महाङ्काल भुमि तामाङ समाजलाई २-० ले पराजित गर्दै पहिलोपटक उपाधि जितेको हो।
रोयलको जितमा दुबै गोल क्रिश सापकोटाले गरेका थिए। उनले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेका हुन्। यस्तै उनी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजारसहित ट्रफी प्राप्त गरे।
यस्तै पहिलो सेमिफाइनल खेलमा रोयलले चौतारा स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनल खेलमा महाङ्काल भुमि तामाङ समाजले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा रोयलसँगको भेट पक्का गरको थियो।
उपाधि सँगै रोयलले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले महाङ्कालले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्तबुझायो।
गत असोज २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा चौतारा पाँच युवा क्लबले फियर प्लेय अवार्ड हात्पार्यो।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्स महाङ्कालका विप्लव तामाङ, उत्कृष्ट खेलाडी एलेक्स रोय फेमिली चौतारा, उत्कृष्ट गोल किपर सहज कोइराला महाङ्काल, उत्कृष्ट मिडफिल्डर राम ढकाल महाङ्काल, प्रशिक्षक निर्मल श्रेष्ठ रोयल, सर्वाधिक गोल कर्ता रोनिष श्रेष्ठ रोयलले हात पारे यी सबै ब्यक्तिगत बिधाका खेलाडीले नगद ३३ हजारसहित ट्रफी हात्पारे।
यस्तै आयोजकले मेलचौर जुनियर फुटबल प्रतियोगिता पनि सञ्चालन गरेको थियो जसमा ईखु स्र्पोट क्लब च्याम्पियन बन्यो।
फाइनल खेल तथा समापन समारोहमा बागमती प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री युवराज दुलाल प्रमुख अतिथि रहनु भएको थियो। उहाँले विजयी टिमका खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गर्नु भयो।



