शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र हङकङबीच खेल हुँदै

एक्सप्रेस पाना
कार्तिक ४, २०८० शनिबार
  • 327
    SHARES
  • नेपाल र हङकङबीच खेल हुँदै

    काठमाडौँ ।  जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र हङकङबीच खेल हुँदै छ। 

    images

    मुलपानी क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि शुरु हुँदै छ।

    यस सिरिजमा हङकङ पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। विहिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै नेपालले युएईलाई पनि ७ विकेटले पराजित गर्दै सिरिजमा लगातार दुई जित हासिल गरेको छ।

    images

    सिरिजमा अब कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ भने त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ। अंक तालिकामा शिर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ।

    यस सिरिजका फाइनल बाहेका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट