शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युएईमाथि नेपालको जित

एक्सप्रेस पाना
कार्तिक ६, २०८० सोमबार
  • 319
    SHARES
  • युएईमाथि नेपालको जित

    काठमाडौँ । मुलपानीमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई पराजित गरेको छ। 

    images

    सोमबार सम्पन्न खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो। युएईले दिएको १६५ रनको लक्ष्य पछाएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ६२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ४७ रन बनाएका थिए। आसिफ र रोहितले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । त्यसैगरी दिपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रन बनाएका थिए।

    images

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थिए।

    योसँगै नेपालले सिरिजका चारै खेल जितेको छ। नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगेको छ। अब युएईले हङकङसँग बुधबार खेल्दै छ। सिरिजको फाइनल खेल भने शुक्रबार टियु मैदानमा हुँदै छ।
         

  • सम्बन्धित विषय:

  • # क्रिकेट