शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग: रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी

एक्सप्रेस पाना
कार्तिक ८, २०८० बुधबार
  • 358
    SHARES
  • च्याम्पियन्स लिग: रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी

    काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा एशियन च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारी क्लब अल दुहैललाई पराजित गरेको छ। 

    images

    गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा अल नासरले अल दुहैललाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

    अल नासरको जितमा रोनाल्डोले यस खेलमा एक असिस्ट र २ गोल गरेका थिए। त्यसैगरी टालिस्का र साडियो मानेले एक एक गोल गरेका थिए। 

    images

    त्यस्तै अल दुहैलका लागि इस्माइल मोहमद, अल्मोएज अलि र मिचेल ओलुन्गाले एक एक गोल गरेका थिए।

    यो जितपछि अल नासरले एशियन च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ। अल नासर ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ। यता अल दुहैलको भने ३ खेलमा एक अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo
  • # अल नासर