शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुशल भुर्तेलको अर्धशतमा यूएईले पायो १६३ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १०, २०८० शुक्रबार
  • 322
    SHARES
  • कुशल भुर्तेलको अर्धशतमा यूएईले पायो १६३ रनको लक्ष्य

    काठमाडौं । राजधानीमा जारी त्रिकोणत्मक टि२० सिरिजको फाइनल खेलमा ओपनर कुशल भुर्तेलको अर्धशतकमा युएईलाई १६३ रनको लक्ष्य दिएको छ। 

    images

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाएर १६२ रन बनायो।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।  

    images

    अर्को ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो। कुशल मल्ल १ रन। कप्तान रोहित पौडेल १८ र दिपेन्द्र सिंह एैरी २० रनमा आउट भए। 

    सन्दिप जोरा १०, सोमपाल कामी १३, गुलशन झा ५ र करण केसी २३ रनमा अविजित रहे।

    यता यूएईका लागि आर्यन आनले ३, अलि नाशिर र जोहोर खानले समान २ विकेट लिए। 

    यसअघि नेपालले समूह चरणको दुबै खेलमा यूएईलाई पराजित गरेको थियो। नेपालले पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ५ विकेटले पराजित गरेको थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट