शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाललाई ४ विकेटले हराउँदै यूएई च्याम्पियन

एक्सप्रेस पाना
कार्तिक १०, २०८० शुक्रबार
  • 375
    SHARES
  • नेपाललाई ४ विकेटले हराउँदै यूएई च्याम्पियन

    काठमाडौं । त्रिकोणात्मक टि२० सिरिजको उपाधि यूएईले जितेको छ।

    images

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ४ विकेट हराएको हो। 

    नेपालले दिएको १६३ रनको विजयी लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। 

    images

    यूएईको जितमा ओपनर तथा कप्तान महोमद वासिमले सर्वधिक ४५ रन बनाए। यस्तै बृत्य अरविन्दले २६ रन बनाए।

    नेपालका लागि गुलसन झाले र अभिनाष बोराले समान २ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।  

    अर्को ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो। कुशल मल्ल १ रन। कप्तान रोहित पौडेल १८ र दिपेन्द्र सिंह एैरी २० रनमा आउट भए। 

    सन्दिप जोरा १०, सोमपाल कामी १३, गुलशन झा ५ र करण केसी २३ रनमा अविजित रहे।

    यता यूएईका लागि आर्यन आनले ३, अलि नाशिर र जोहोर खानले समान २ विकेट लिए। 

    यसअघि नेपालले समूह चरणको दुबै खेलमा यूएईलाई पराजित गरेको थियो। नेपालले पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ५ विकेटले पराजित गरेको

    यस सिरिजमा नेपाल, हङकङ र यूएईको सहभागिता रहेको थियो। अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाल फाइनल खेलमा भने पराजित भएको हो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट