शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुशलले भेटे दीपेन्द्रको टी२०आईमा सर्वाधिक अर्धशतकको कीर्तिमान

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 302
    SHARES
  • कुशलले भेटे दीपेन्द्रको टी२०आईमा सर्वाधिक अर्धशतकको कीर्तिमान

    आईसीसी टी२० विश्वकप एशिया छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिंगापुरविरुद्धको खेलमा उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

    images

    भुर्तेलको टी२०आई मा यो सातौँ अर्धशतक हो। उनले २५ इनिङ्समा सातौँ अर्धशतक प्रहार गरेका हुन्। उनले १७ अप्रिल २०२१ मा कीर्तिपुरमा भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मेलित त्रिकोणात्म टी२० आई सिरिजमा उनले डेब्यू गरेका थिए। उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै ६२ रनको इनिङ्स खेलेका थिए। त्यसपछि उनले दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्स ६२ रनको इनिङ्स खेलेका थिए। फाइनलमा उनले नेदरल्यान्ड्सविरुद्ध ७७ रनको इनिङ्स खेल्दै नेपाललाई उपाधि दिलाएका थिए।

    २४ फ्रेबुअरी २०२२ मा ओमानमा भएको टी २० विश्वकप छनोटमा घरेलु टोलीविरुद्ध उनले अविजित रहँदै ५५ रन बनाएका थिए। गत हप्ता कीर्तिपुरमै भएको त्रिकोणात्मक टी २०आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध ५० रन बनाएका थिए।  

    images

    योसँगै उनले दीपेन्द्रसिंह ऐरीको सर्वाधिक अर्धशतक प्रहार गर्ने कीर्तिमान बराबरी गरेका छन्। ऐरीले ४६ इनिङ्समा ७ अर्धशतक प्रहार गरेका छन्। उनीबाहेक पूर्वकप्तान पारस खड्का र कप्तान रोहितकुमार पौडेलले ४/४ अर्धशतक प्रहार गरेका छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट