शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुशल भुर्तेल सिंगापुरविरुद्धको खेलमा 'प्लेयर अफ द म्याच'

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 397
    SHARES
  • कुशल भुर्तेल सिंगापुरविरुद्धको खेलमा 'प्लेयर अफ द म्याच'

    काठमाडौँ । ओपनर कुशल भुर्तेल सिंगापुरविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन्। 

    images

    सिंगापुरविरुद्धको खेलको खेलमा शानदार ७४ रन बनाएका भुर्तेलले 'प्लेयर अफ द म्याच' बनेसँगै ५० हजार रकम पुरस्कार पाएका छन्। 

    भुर्तेलले यस खेलमा 'बेस्ट शट अफ द डे' को पुरस्कार समेत पाएका छन्।

    images

    भुर्तेलले सिंगापुरविरुद्धको खेलमा ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ रन बनाएका थिए। 

    May be an image of 3 people and text that says

    यस्तै सिंगापुरविरुद्धको खेलमा सन्दीप लामिछानेले 'बेस्ट डेलिभरी अफ द डे' को अवार्ड पाएका छन् भने सन्दीप जोराले उत्कृष्ट क्याचको अवार्ड पाएका छन्।

    May be an image of 2 people and text

    नेपालले यस खेलमा सिंगापुरलाई ८ विकेटले पराजति गर्दै उत्कृष्ट शुरुवात गरेको छ। सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनायो।

    अब नेपालले मंगलबार मलेसियाविरुद्ध खेल्दै छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट
  • # कुशल भुर्तेल