शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी-२० विश्वकप छनोट: हङकङ र ओमानको विजयी सुरूआत

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 363
    SHARES
  • टी-२० विश्वकप छनोट: हङकङ र ओमानको विजयी सुरूआत

    काठमाडौं, कार्तिक १३ । काठमाडौंमा आजबाट सुरू भएको आईसिसी टी२० विश्वकपको एसियाली छनोट अन्तर्गको पहिलो दिनको खेलमा हङकङ र ओमानले पनि विजयी सुरूआत गरेका छन्।

    images

    त्रिवि क्रिकेट मैदानमा सोमबार भएको दोस्रो तथा अन्तिम भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको हो।

    ओमानले दिएको १५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्रै बनाउन सक्यो। 

    images

    मलेसियाका लागि विरनदीप सिंह ५७ रनको अर्धशतकीय पारी खेलेता पनि जित दिलाउन सकनेनन्। यस्तै जुबैदी जुल्किफ्ले १४ रन, कप्तान अहमद फैजले १३ र स्याजरुल इद्रुस रन बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। 

    यता ओमनका लागि बिलाल खान र जिशान मकसूदले २२ विकेट लिए। 

    त्यसअघि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।

    जितसँगै समूह ए को ओमानले २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। यसै समूहको पहिलो खेलमा नेपालले सिंगापूरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको थियो।

    यस्तै आजै मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा हङकङले कुवेतलाई १६ रनले पराजित गरेको छ। 

    हङकङले दिएको १६७ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन मात्रै बनायो। 

    कुवेतका लागि कपतान मोहम्मद असलम ५२ रन, बिलाल ताहिर ३६ रन र उसमान पट्टेलले २९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। 

    यता हङकङका लागि एजाज खानले ३, एहसान नवाज र आयुष शुक्लाले समान २ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। यो जित सँगै समूह बी मा रहेको हङकङले २ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। 

    यसै समूहको पहिलो खेलमा युएईले बहराइनलाई हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट