काठमाडौँ, कार्तिक १४ । काठमाडौंमा जारी टी२० विश्वकप छनोट अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दै छ।
टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १:१५ बजेदेखि शुरु हुने छ।
सोमबारदेखि शुरु भएको विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।
त्यस्तै मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।
त्यसैगरी आज समुह ए का ओमान र सिंगापुर टियु मैदानमा बिहान ९ बजेदेखि खेल्दै छन् भने समुह बि का बहराइन र हङकङ मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल्दैछन्। त्यस्तै समुह बि का कुवेत र युएई अपराहन्न १:१५ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्दै छन्।
कार्तिक २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।
विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकपमा छनौट हुने छन्। नेपाल यसअघि पहिलो पटक २०१४ को टी २० विश्वकप खेलेको थियो। यस अघि टी२० विश्वकपमा १६ द्देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउदै छन्।



