शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चौथो गाती फुटबल प्रतियोगिता २२ गतेबाट

एक्सप्रेस पाना
कार्तिक १४, २०८० मंगलबार
  • 406
    SHARES
  • चौथो गाती फुटबल प्रतियोगिता २२ गतेबाट

    काठमाडौं कार्तिक १४ । चौथो संस्करणको गाती सेभेन ए साइड फुटबल प्रतियोगिता कार्तिक २२ गतेदेखि सुरू हुने भएको छ। 

    images

    गाती युवा क्लबको आयोजनमा हुने यस प्रतियोगिता २५ कार्तिक सम्म चल्लने छ।

    यस प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले ६६ हजार ६६६ सहित ट्रफी मेडल पाउने आयोजकले जनाएको छ।

    images

    साथै, प्रतियोगिताका सबै खेल बाह्विसे नगरपालीका ६ गाती खेल मैदान सिन्धुपाल्चोकमा हुनेछ। यस्तै प्रतियोगिताको लागि टिम दर्ता गर्ने अन्तिम मिती कार्तिक २२ गतेसम्म रहेको छ भने टिम दर्ता शुल्क ७ हजार लाग्ने आयोजकले जनाएको छ।

    प्रतियोगिताका सबै खेल क्लिक स्पोट्र्स नेपालको फेसबुक र युट्ब च्यानलबाट हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल