शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय माझी गोल्डकपमा आज तीन खेल सम्पन्न

एक्सप्रेस पाना
कार्तिक १५, २०८० बुधबार
  • 341
    SHARES
  • राष्ट्रिय माझी गोल्डकपमा आज तीन खेल सम्पन्न

    तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा आज तीन खेल भएको छ।

    images

    प्रतियोगितामा ओखलढुंगा, मकवानपुर र रामेछापले विजयी सुरुवात गरेका हुन्। मरिण गाउँपालिका वडा न-७ स्थित बाह्रविसेको खेल मैदान भएको पहिलो खेलमा ओखलढुंगा विजयी भएको छ। ओखलढुंगाले नुवाकोटलाई ३-० गोलको अन्तरले हराएको हो।

    खेलमा ओखलढुंगाको लागि कुमार माझी,सम्भु माझी र अधिराज माझीले १-१ गोल गरे। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै ओखलढुंगा  कुमार माझीलाई म्यानअफ द म्याच घोषित भएका छन्।

    images

    यस्तै, आजै भएको दोस्रो खेलमा मकवानपुर विजयी भएको छ। मकवानपुरले स्याङ्जालाई २-० गोलको अन्तरले पराजित गरेको हो। 

    मकवानपुरको लागि रोशन माझीले र अनिल माझीले १-१ गोल गरे। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै मकवानपुरका अनिल माझीलाई म्यानअफ द म्याच घोषित भएका छन्।

    यस्तै, आजै भएको तेस्रो खेलमा रामेछाप विजयी भएको छ। रामेछापले सिन्धुली(बि लाई २(० गोलको अन्तरले पराजित गरेको हो। रामेछापको लागि रोशन माझीले र चन्द्रबहादुर माझीले १-१ गोल गरे। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै रामेछापका चन्द्रबहादुर माझीलाई म्यानअफ द म्याच घोषित भएका छन्।

    प्रतियोगितामा २३ वटा टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # फुटबल