शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओमानविरुद्ध पहिला नेपालले फिल्डिङ गर्ने

एक्सप्रेस पाना
कार्तिक १६, २०८० बिहीबार
  • 317
    SHARES
  • ओमानविरुद्ध पहिला नेपालले फिल्डिङ गर्ने

    काठमाडाैँ । घरेलु टोली नेपालले आईसीसी टी–२०आई विश्वकप एशिया छनोटको समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै कप्तान रोहितकुमार पौडेलले ओमानलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा पुगेको थियो। ओमानविरुद्ध जित हासिल गर्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको नेपालले अन्तिम खेलमा कुनै परिवर्तन गरेको छैन।

    यता, नेटरनरेटमा अगाडि रहेको ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। ओमान पनि एक खेलअगावै सेमिफाइनलमा पुगिसकेको छ। यो समूहको विजेता बन्ने टोलीले समूह 'बी'को उपविजेतासँग कीर्तिपुरमा खेल्ने छ। उपविजेता टोलीले समूह 'बी'को विजेतासँग मूलपानीमा सेमिफाइनल खेल खेल्ने छ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट