शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० आईमा सोमपालको ५० विकेट पूरा

एक्सप्रेस पाना
कार्तिक १६, २०८० बिहीबार
  • 363
    SHARES
  • टी२० आईमा सोमपालको ५० विकेट पूरा

    तीव्र गतिका बलर सोमपाल कामीले टी–२०आईमा ५० विकेट पूरा गरेका छन्।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टी–२०आई विश्वकप एशिया छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा सोयब खानलाई बोल्ड गर्दै उनले ५० विकेट पूरा गरेका हुन्। उनले छैठौँ ओभरको पाँचौँ बलमा सोयबलाई बोल्ड गर्दै गोल्डेन डकआउट गरेका थिए। 

    सन् २०१४ मा बंगलादेशमा भएको टी२०आई विश्वकपमा हङकङविरुद्ध डेब्यू गरेका सोमपाल कामीले ५३ इनिङ्समा ५० विकेट पूरा गरेका छन्।

    images

    नेपालबाट टी२०आईमा ५० विकेट पार गर्ने उनी चौँथो खेलाडी हुन्। उनीभन्दा अगाडी सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले टी२०आईमा ५० विकेट पूरा गरेका थिए। 

    सन्दीपले ९२, करणले ७५ र अविनाशले ६२ विकेट लिएका छन्। टी–२०आईमा ५० विकेट पूरा गर्ने सोमपाल तेस्रो खेलाडी बनेका छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट