सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत बिहिवार दुई खेल सम्पन्न भएको छ।
प्रतियोगितामा बारा र सिन्धुली 'सी' ले विजयी सुरुवात गरेका हुन्।
मरिण गाउँपालिका वडा न ७ स्थित बाह्रविसेको खेल मैदान भएको पहिलो खेलमा बारा विजयी भएको हो। बाराले झापालाई १-० गोलको अन्तरले हरायो।
खेलमा बाराको जितमा रबिन माझीले निर्णयक गोल गरे। उनी नै खेलको म्यानअफ द म्याच घोषित भए।
यस्तै आजै भएको दोस्रो खेलमा सिन्धुली 'सी' विजयी भएको छ।
सिन्धुली सी र बिच भएको खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा ५-४ अन्ताराले सिन्धुली सी विजयी भयो।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सिन्धुली सी का इन्द्रजङ माझी म्यानअफ द म्याच घोषित भए।
जारी प्रतियोगितामा २३ वटा टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए।



