कातिक १७ काठमाडौं । ओमान आईसीसी टी-२० आई विश्वकप पुगेको छ। शुक्रबार सम्पन्न खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान एशिया क्षेत्रबाट विश्वकपमा पुगेको हो।
बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो।
ओमानका ओपनर काश्यप प्रजापतीले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ अविजित ५७ रन बनाए।
योसँगै ओमान तेस्रो पटक विश्वकपमा पुगेको हो। ओमानले यसअघि २०१६ मा भारतमा भएको विश्वकप र सन् २०२१ मा यूएई र ओमानमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा पुगेको थियो।
यता, अर्का ओपनर प्रतीक अथाभालेले ४१ बलमा ४ चौका र १ छक्कासहित अविजित ४८ रन बनाए।



