शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

एक्सप्रेस पाना
कार्तिक १७, २०८० शुक्रबार
  • 628
    SHARES
  • यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

    कातिक १७ काठमाडौं । एक दशकपछि नेपाल आईसीसी टी–२० आई विश्वकपमा छनोट भएको छ।

    images

    शुक्रबार सम्पन्न खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा पुगेको हो। नेपाल यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो। शुक्रबार यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। 

    नेपालका ओपनर आशिफ शेखले अविजित रहँदै सर्वाधिक ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। यता, कप्तान रोहितकुमार पौडेलले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित रहँदै ३५ रन बनाए।

    images

    नेपालका ओपनर कुशल भुर्तेल तेस्रो ओभरको अन्तिम बलमा मोहम्मद वासिमबाट सिधै क्याच आउट भए। भुर्तेलले २० बलमा २ चौकासहित ११ रन प्रहार गरे।

    यस्तै, तेस्रो नम्बरमा उत्रिएका गुलशनकुमार झाले २४ बलमा ३ चौकासहित २२ रन प्रहार गरे। उनी बसिल हाम्मेदको बलमा बोल्ड भए। उनले दोस्रो विकेटका लागि ओपनर आशिफ सेखसँग ४१ रनको साझेदारी गरे।  

    टी–२० आईमा आशिफको चौँथो अर्धशतक
    ओपनर आशिफ सेखले टी–२० आईमा चौँथो अर्धशतक पूरा गरेका छन्। माथिल्लो मूलपानीमा जारी आईसीसी टी–२० आई विश्वकपमा एशिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले १७ अप्रिल २०२१ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए। उनले ३३औँ इनिङ्समा चौँथो अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।  

    यूएईका निलन्श खेशवानी र बसिल हम्मेदले १/१ विकेट लिए।

    तस्बिर: क्यान

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट
  • # आशिफ सेख