शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपाधिका लागि नेपाल र ओमान भिड्दै

एक्सप्रेस पाना
कार्तिक १९, २०८० आइतबार
  • 468
    SHARES
  • उपाधिका लागि नेपाल र ओमान भिड्दै

    काठमाडौँ । आइसिसी टी२० विश्वकप छनतोटको एशिया क्षेत्रको फाइनलमा आज नेपाल र ओमान खेल्दै छन्।

    images

    टियु क्रिकेट मैदानमा यो खेल विहान ११ बजेदेखि शुरु हुने छ। यस अघि समुह चरणको अन्तिम खेलमा भिडेका नेपाल र ओमान फाइनलमा फेरी आमने सामने हुदैछन्। समुह चरणको खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो।

    अब फाइनलमा एशिया क्षेत्रको छनोटको विजेता हुन नेपाल र ओमान भिड्दै छन्। फाइनलमा पुगेसँगै नेपाल र ओमान अर्को बर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी( २० विश्वकपका लागि छनोट भइसकेका छन्। त्यसैले पनि दुवै देश बिना दबाब यो फाइनल खेल्ने छन्।

    images

    नेपाल र ओमानबीच अहिलेसम्म ५ खेल भएका छन्। जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले २ खेल जितेको छ।

    नेपालको सम्भावित प्लेइङ- ११: रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, ललित राजबंशी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट