कातिक १९ काठमाडौं । गुलशनकुमार झाले टी-२०आईमा पहिलो अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टी२० विश्वकप एशिया छनोट फाइनलमा ओमानविरुद्ध उनले करिअरकै पहिलो अर्धशतक पूरा गरेका हुन्।
उनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। उनले १९ फ्रेबुअरी २०२२ मा फिलिपिन्सविरुद्ध डेब्यू गरेका थिए। उनले १३औँ इनिङ्समा पहिलो अर्धशतक पूरा गरेका हुन्।



