शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुपर ओभरमा नेपाललाई हराउँदै ओमान च्याम्पियन

एक्सप्रेस पाना
कार्तिक १९, २०८० आइतबार
  • 346
    SHARES
  • सुपर ओभरमा नेपाललाई हराउँदै ओमान च्याम्पियन

    कातिक १७ काठमाडौं । सुपर ओभरमा घरेलु टोली नेपाललाई ११ रनले पराजित गर्दै ओमानले आईसीसी टी२० विश्वकप एशिया छनोटको उपाधि जितेको छ। 

    images

    नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा १८५ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
    ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। 

    अन्तिम ओभरको पहिलो बलमा नदिमलाई सन्दीप लामिछानेले १ रन दिए। दोस्रो बलमा भने उनले आयन खानलाई डिप एक्स्ट्रा कभरमा रोहितकुमार पौडेलबाट क्याच आउट भए। उनले ८ बलमा १ छक्कासहित १० रन बनाए। तेस्रो बलमा शकील अहमदलाई अविनाश बोहराबाट क्याच आउट गराए। चौँथो बलमा सन्दीपले फैयज बटलाई १ रन दिए। पाँचौँ बलमा सन्दीपले नदिमलाई चौका दिए। १ बलमा २ रन चाहिएको अवस्थामा नदिमले दुई रन लिन खोज्दा रन आउट भएपछि खेल सुपर ओभरमा गएको थियो।

    images

    सुपर ओभरमा ओमानद्वारा २२ रनको लक्ष्य
    सुपर ओभरमा ओमानले २१ रन बनायो। नेपालको तर्फबाट अविनाश बोहरा बलिङमा उत्रिएका थिए। उनले अकीब इलियासलाई १ रन दिए। नशिम खुसीलाई ३ छक्कासहित १९ रन दिए। उनले १ बल वाइड फ्याँकेका थिए।

    नेपालले सुपर ओभरमा २२ रनको लक्ष्य पाएको थियो। नेपालको तर्फबाट कृजमा ओपनर कुशल भुर्तेल र गुलशनकुमार झा उत्रिएका थिए। ओमानका तीव्रगतिका बलर बिलाल खानले पहिलो बलमै कभरमा भुर्तेललाई कप्तान जिशान मक्शूदबाट क्याच गराए। बिलालले दोस्रो बलमा योर्कर गरेका थिए। तर, कुशल मल्लले खेल्न सकेनन्। तेस्रो बलमा कुशलले एक रन लिए। चौँथो बलमा गुलशनले एक रनमात्रै लिन सके। पाँचौँ बलमा कुशलले चौका प्रहार गरे। अन्तिम बलमा कुशलले पुन: चौका प्रहार गरे। नेपालले सुपर ओभरमा १० रन मात्रै बनाउन सक्यो।

    त्यसअघि ओमानले पहिलो विकेट तेस्रो ओभरको अन्तिम बलमा ओपनर प्रतीक अथाभाले सोमपाल कामीबाट एलबीडब्यू आउट भए। उनले ७ बलमा १ चौकासहित ७ रन बनाए। त्यसपछि कृजमा आएका अकीब इलियास र ओपनर काश्यप प्रजापतीले दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै ओमानको इनिङ्स उकासे। तर, अकीब १०औँ ओभरको चौँथो बललाई कट गर्ने क्रममा गल्लीमा सन्दीप जोराबाट क्याच भए। गुलशनकुमार झाको बलमा आउट हुनुअघि उनले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए।

    १६औँ ओभरको दोस्रो बलमा कप्तान जिशान मक्शूद १८ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाएर क्याच आउट भए। विवेककुमार यादवले फ्याँकेको बललाई प्रहार गर्ने क्रममा उनी कभर प्वाइन्टनजिक रोहितबाट क्याच आउट भए। उनले तेस्रो विकेटका लागि प्रजापतीसँग ४२ रनको साझेदारी गरे। ओमानका प्रजापती १७औँ ओभरको पाँचौँ बलमा छक्का प्रहार गर्न खोज्दा रोहितबाट डिप फरवार्डमा क्याच भए। उनले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए।

    १८औँ ओभरको पहिलो बलमा नशिम खुसी विवेकबाट कभरमा क्याच आउट भए। करण केसीको बलमा उनी १ रनमा आउट भएका हुन्। सोही ओभरको चौँथौ बलमा मेहरान खान गल्लीनजिक विवेकबाट क्याच भए। उनले ३ बलमा १ चौका र १ छक्कासहित १० रन बनाए।
    नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए। सोमपाल कामी, गुलशनकुमार झा, अविनाश बोहरा र विवेककुमार यादवको नाममा १/१ विकेट रह्यो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

    नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरेका छन्। ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनाअरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए। यता, तल्लो क्रमका करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

    रोहित र गुलशनको ७८ रनको साझेदारी
    ४–६० को स्थितिमा रहेको अवस्थामा पाँचौँ नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल र छैटौँ नम्बरमा आएका गुलशनकुमार झाले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।

    २५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै गुलशनले ५४ रन बनाए। उनको टी२०आईमा यो नै उनको पहिलो अर्धशतक हो। उनले ओमानविरुद्ध २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। १९ फ्रेबुअरी २०२२ मा ओमानमा भएको विश्वकप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध डेब्यू गरेका उनले १३औँ इनिङ्समा पहिलो अर्धशतक पूरा गरेका हुन्। उनले पाँचौँ विकेटका लागि रोहितसँग ७८ रनको साझेदारी गरे। उनी १७औँ ओभरको अन्तिम बलमा स्क्वायर लेगमा शकील अहमदबाट क्याच आउट भए। उनी बिलाल खानको बलमा आउट भएका हुन्।

    बिवेककुमार यादव ३ बलमा १ रन बनाउँदै बिलाल खानबाट कट एन्ड बोल्ड भए। रोहित र करणले अविजित रहँदै ३२ रनको साझेदारी गरेका थिए।
    ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। यता, अकीब इलियासले २ विकेट लिए। यस्तै, जिशान मक्शूदको नाममा १ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट