शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माझी गोल्डकप: उपाधिका लागि रामेछाप  र सिन्धुली भिड्ने

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 318
    SHARES
  • माझी गोल्डकप: उपाधिका लागि रामेछाप  र सिन्धुली भिड्ने

    तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल समकिरण पूरा भएको छ। 

    images

    आज भएको सेमिफाइन खेलमा रामेछाप  र सिन्धुली विजयी भएको छ। हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ स्थित बोटेनी खेलमैदानमा भएको सेमिफाइनलको पहिलो खेलमा सिन्धुली विजयी भएको छ। 

    सिन्धुलीले सिन्धुपाल्चोकलाई १-० गोलको अन्तरले हराएको हो।

    images

    खेलमा सिन्धुलीको लागि प्रकाश माझीले १ गोल गरे। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सिन्धुलीको प्रकाश माझीलाई म्यानअफ द म्याच घोषित भएका छन्।

    यस्तै, आजै भएको सेमिफाइनलको दोस्रो खेलमा रामेछाप विजयी भएको छ। रामेछापले सुनसरीलाई १-० गोलको अन्तरले पराजित गरेको हो। 

    रामेछापको लागि नबिन माझीले १ गोल गरे। उनि नै म्यानअफ द म्याच घोषित भए।

    यस्तै, प्रतियोगिाताको फाइनल खेल भालि हुनेछ।

    प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # फुटबल