सिन्धुपाल्चोक, २२ कात्तिक । चौथो संस्करणको गाती सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ।
पहिलो दिन बुधबार चार खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा आयोजकको गाती युवा क्लब (बी) ले सग्राब एफसीलाई १-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ।
त्यस्तै, दोस्रो खेलमा आयोजककै गाती युवा क्लब (ए) ले कोकरसिंह युवा क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।
त्यसैगरी तेस्रो खेलमा नेवार एकता समाजले बसेरी एफसीलाई १-० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ भने चौथो खेलमा खुर्सानीबारी युवा क्लबले बछेलदेवी एफसीलाई ३-० गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुधबार बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उदघाटन समारोह सम्पन्न भएको थियो। उद्घाटन समारोहमा बस्नेतसहित अन्य अतिथिको उपस्थिति रहेको थियो।
प्रतियोगिता सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ स्थित गातीमा गाती युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ।



