एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडले पोर्चुगिज क्लब ब्रागालाई पराजित गरेको छ।
गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा घरेलु टोली रियल म्याड्रिडले ब्रागालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए।
समुह सी मा रहेको रियल म्याड्रिडको यस सिजनको च्याम्पियन्स लिगमा यो लगातार चौथो जित हो। यो जितपछि ४ खेलमा १२ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा रहेको छ। यता ब्रागाको ४ खेलमा ३ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ।



