एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड डेनमार्कको क्लब कोपेनहेगनसँग पराजित भएको छ।
युइएफएफ च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कोपेनहेगनले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
कोपेनहेगनको जितमा मोहमद एलयोउनोउसी, डिओगो गोंकाल्भेज, लुकास लेरागेर र रुनी बार्डघजीले एक एक गोल गरेका थिए।
त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि रासमस होजलण्डले २ गोल गरे भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए।
त्यस खेलको ४२औं मिनेटमा मार्कस राशफोर्डले रातो कार्डपाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो।
यो कोपेनहेगनको यस सिजनमा पहिलो जित हो। समुह ए मा रहेको कोपेनहेगन यो जितपछि ४ खेलमा ४ अंकसहित समुहमा दोस्रो स्थानमा उक्लिएको छ।
त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो तेस्रो हार हो। ४ खेलबाट ३ अंक जोडेको म्यानचेस्टर युनाइटेड समुहको पुछारमा रहेको छ।



