शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चौथो गाती कप: सेमिफाइनल समिकरण पूरा

एक्सप्रेस पाना
कार्तिक २४, २०८० शुक्रबार
  • 738
    SHARES
  • चौथो गाती कप: सेमिफाइनल समिकरण पूरा

    सिन्धुपाल्चोक, २४ कात्तिक । गातीको श्री कालीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी चौथो संस्करणको गाती सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। 

    images

    शुक्रबार क्‍वाटरफाइनलका चार खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

    शुक्रबारको पहिलो खेलमा आयोजकको गाती युवा क्लब 'बी' ले नेवार एकता समाजलाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। 

    images

    त्यस्तै, दोस्रो खेलमा आयोजकको गाती युवा क्लब 'ए' लाई १-० गोलअन्तरले पराजित गर्दै सुनखानी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

    त्यसैगरी तेस्रो खेलमा बाह्रविसे भेट्रान क्लबलाई ३-० गोलअन्तरले हराउँदै अरनिको युवा क्लब पनि अन्तिम चारमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा खुर्सानीबारी युवा क्लबलाई २-१ गोलअन्तरले हराउँदै बछेलदेवी एफसी 'बी' सेमिफाइनलमा प्रवेश गर्यो ।

    सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुने छन् । प्रतियोगिता सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ स्थित गातीमा गाती युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ ।

    प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # गाती कप फुटबल