शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चौथो गाती कप फुटबलको उपाधि सुनखानीले जित्यो

एक्सप्रेस पाना
कार्तिक २५, २०८० शनिबार
  • 596
    SHARES
  • चौथो गाती कप फुटबलको उपाधि सुनखानीले जित्यो

    सिन्धुपाल्चोक, २५ कात्तिक । गाती युवा क्लबको आयोजनामा श्री कालीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न चौथो संस्करणको गाती सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सुनखानी युवा क्लबले‌ जितेको छ।

    images

    शनिबार भएको फाइनल खेलमा सुनखानीले अरनिको युवा क्लबलाई २-१ गोलअन्तरले हराउँदै च्याम्पियन बनेको हो। 

    सुनखानीको‌ जीतमा कुन्साङ श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले १-१ गोल गरे। यता, अरनिकोका लागि मदन पौडेलले गरेको गोल सान्त्वना बन्यो ।

    images

    च्याम्पियन बनेसँगै सुनखानीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा‌ सीमित अरनिकोले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो।

    गत २१ गतेबाट सुरु भएको प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका-६ गातीमा रहेको गाती युवा क्लबको आयोजनामा सम्पन्न भएको हो।

    चार दिनसम्म चलेको प्रतियोगितामा १५ टोली सहभागी थिए। 

    त्यसअघि आजै भएको सेमिफाइनलमा सुनखानीले बछ्लदेवी एफसी 'बी' लाई तथा अरनिकोले आयोजक गाती युवा क्लब 'बी' लाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए।

    यस्तै, फाइनल खेल तथा समापन समारोहमा बाह्रविसे नगरपालिकाका नगर प्रमुख‌ बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा प्रतियोगिताको सम्पन्न भएको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # गाती कप फुटबल