शुक्रबार, आश्विन २३ गते २०८३
images

विश्वकप छनोट: नेपालले युएईविरुद्ध खेल्दै

एक्सप्रेस पाना
कार्तिक ३०, २०८० बिहीबार
  • 480
    SHARES
  • विश्वकप छनोट: नेपालले युएईविरुद्ध खेल्दै

    काठमाडौं । नेपालले २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ। 

    images

    दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि शुरु हुने छ।

    नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ। त्यो पनि सन् १९८४ मा भएको थियो। यी दुवै देशबीच ३९ बर्षपछि खेल हुन लागेको हो। १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो।

    images

    यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टिम बाहिर राखेर टोली घोषणा गरेका छन्।

    विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ। जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन्। 

    नेपाली टिम: 
    गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल
    डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ
    मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल
    फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार।

  • सम्बन्धित विषय:

  • # फुटबल