शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सप्तमी कपको उपाधि आरोहण क्लबलाई

एक्सप्रेस पाना
मंसिर ५, २०८० मंगलबार
  • 1.5K
    SHARES
  • सप्तमी कपको उपाधि आरोहण क्लबलाई

    शिशिर बस्नेत, पाँचथर । पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका वडा नं २ सप्तमी बजारमा सुभ दिपावली बडा दशै र तिहारको अवसरमा भएको सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोलि आरोहण क्लबले जितेको छ।

    images

    श्री युवा वर्ष माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा फुएतप्पा इलामको फुङवा एफसिलाई ३-० गोल अन्तरले हराउँदै आरोहणले उपाधी जितेको हो।

    आरोहणको जितमा पहिलो हाफको १७औं मिनेटमा सबिन फ्यकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सबिनले मैदानको मध्य भागबाट प्रहार गरेको बलले गोल पोस्ट्को जाली चुमेको थियो।

    images

    त्यस्तै, दोस्रो हाफको ११औं मिनेटमा आरोहणका युरोप लिम्बुले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाए। 

    दोस्रो हाफको इन्जुरी समयमा समीर लिम्बुले गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गराए।

    उपाधिसँगै आरोहण क्लबले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उता उपविजेता फुङवा एफसिले नगद रु १० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

    त्यस्तै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका फुङवा एफसिका टिम कप्तान विशाल लिम्बु म्यान अफ द म्याचको अवार्ड प्राप्त गरेका छन्। सप्तमी बजारका युवा समाजसेवी श्री सुर्य ब.आङ्देम्बेले म्यान अफ द म्याचलाई नगद रु १००० प्रायोजन गरेका थिए।

    त्यस्तै प्रतियोगितामा कुल ४ गोल गरेका आयोजक टोलिका स्ट्राइकर रुपेन आङ्देम्बेले टप स्कोररको अवार्ड जितेका छन्। टप स्कोरर बनेका रुपेनले नगद रु ५०० रुपैयाँ प्राप्त गरेका छन्।

    साथै उपविजेता बनेको फुङवा एफसिले प्रतियोगितामा फेर प्ले टिमको अवार्ड प्राप्त गरेको छ।

    बडा दशै र तिहारको अवसरमा मिक्लाजुङ्ग २ को आयोजनामा भएको सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगितामा कुल ३८ टिमको सहभागिता रहेको थियो। पाँचथर जिल्लामा आयोजना हुने गोल्डकपमा यति धेरै टिमले सहभागिता जनाएको यो पहिलोपटक समेत हो। 

    आठ वर्ष पछि भएको भएको प्रतियोगितामा सम्पुर्ण टिमहरुको उत्साहजनक सहभागीता भएको आयोजक मिक्लाजुङ्ग २ ले बताएको छ। 

    यस खेल मैदानमा अन्तिमपटक वि।सं २०७२ सालमा प्रतियोगिता आयोजना भएको थियो । त्यसपछि विभिन्न कारणहरुले गर्दा आयोजना हुन नसकेको यस प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल