शुक्रबार, आश्विन २३ गते २०८३
images

विश्वकप छनोट: अर्जेन्टिनाले ब्राजिललाई हरायो

एक्सप्रेस पाना
मंसिर ६, २०८० बुधबार
  • 306
    SHARES
  • विश्वकप छनोट: अर्जेन्टिनाले ब्राजिललाई हरायो

    काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिललाई हराएको छ। 

    images

    बुधबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो।

    अर्जेन्टिनाको जितमा खेलको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको ८१औं मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो।

    images

    ब्राजिल विश्वकप छनोटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो।

    यो जितपछि विश्वकप छनोटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ।

    त्यसैगरी ब्राजिलको भने विश्वकप छनोटमा यो तेस्रो हार हो। ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौं स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल