शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केपी ओली टी२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

एक्सप्रेस पाना
मंसिर ७, २०८० बिहीबार
  • 306
    SHARES
  • केपी ओली टी२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

    काठमाडौँ । बागमती प्रदेशले केपी ओली टी२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

    images

    पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो। 

    १८४ रनको लक्ष्य पछ्याएको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो। 

    images

    बागमतीको कसिलो बलिङसामु आयोजक समालिन सकेन। बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। यस्तै, सुवास खत्रीले ४ तथा प्रतिश जिसीले २ र रिजन ढकालले १ विकेट लिए।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लागि अमर मिश्रले १३, विजय प्रजापतीले १३ र सन्तोष यादव १२ रन बनाए। निर्मल थापाले १० रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकको रन बटुल्न सकेनन्।

    त्यस अघि सन्दीपको कप्तानीमा उत्रिएको बागमतीले टस हारेर पहिले ब्याटिङको निम्तो पायो। बागमतीका लागि रित गौतमको ७४ रनको योगदानमा बागमतीले पूरै ओभरमा खेल्दै ७ विकेटको क्षतिमा १८४ रनको योगफल तयार पा¥यो। ओपनर गौतमले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

    अर्का ओपनर शुभ कंसाकार पनि २२ बल खेल्दै २७ रनमा रनआउट भए। शुभले ४ चौका र १ छक्का प्रहार गरे।

    प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले गरेका थिए। 

    प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल र ट्रफि प्राप्त गर्ने छन्। म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०÷२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउनेछन्। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट