शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनएसएल आजदेखि, उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्ने

एक्सप्रेस पाना
मंसिर ८, २०८० शुक्रबार
  • 266
    SHARES
  • एनएसएल आजदेखि, उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्ने

    काठमाडौं, मंसिर ८ गते । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) दोस्रो संस्करण आजदेखि सुरू हुँदैछ

    images

    उद्घाटन खेलमा शुक्रबार साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम खेल्दैछन्। खेल दशरथ रङ्गशालामा साँझ ६ बजेपछि सुरू हुनेछ। 

    आगामी पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौँ र इलामका साथै बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, वीरगन्ज युनाइटेड र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो पटक खेलेको विराटनगर एफसी यस पटक सहभागी छैन। लिग चरणमा हरेक टिमले हरेक टिमसँग खेल्नेछन्। प्रतियोगितामा जम्मा ४० खेल हुनेछन्।

    images

    तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्नेछ। त्यसपछि तेस्रो र चौथो स्थानमा रहनेबिच इलिमिनेटर हुनेछ। दोस्रो क्वालिफायरमा विजयी हुने टोलीसँग पहिलो क्वालिफायरमा पराजित हुने टोलीले खेल्नेछ। यो खेल जित्ने र पहिलो क्वालिफायरको विजेताबिच फाइनल खेल हुनेछ। 

    यस्तै, अहिलेसम्म घोषणा नभए पनि विजेता हुनेले कम्तीमा ७० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल