शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनएसएल- आज दुई खेल हुँदै

एक्सप्रेस पाना
मंसिर ९, २०८० शनिबार
  • 319
    SHARES
  • एनएसएल- आज दुई खेल हुँदै

    काठमाडौं । शुक्रबारबाट सुरू भएको दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछ।

    images

    आज हुने दिनको पहिलो खेलमा पोखरा थन्डर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन्।

    यसअघि हिजो भएको उद्घाटन खेलमा साबिक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

    images

    आगामी पुस १४ गतेसम्म चल्ने यस प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ। 

    सबै टोलीले लिग चरणमा एक आपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन्। प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ। 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एनएसएल-2023