मंसिर ९, काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ।
पोखराले एफसी चितवनलाई १-० गोल अन्तरले पराजित गरेको हो।
पोखराको जितमा खेलको ७२औं मिनेटमा मोसेस ग्याबा त्वामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो जितसँगै पोखराले विजयी शुरुवात गर्दै ३ अंक जोडेको छ। लिग अन्तर्गत आजै अर्को खेल बुटवल लुम्बिनी एफएसी र ललितपुर सिटी एफसीबीच हुने तालिका रहेको छ।
यो खेल साँझ ५:३० बजेबाट सुरू हुनेछ।



