शुक्रबार, आश्विन २३ गते २०८३
images

नेपाल सुपर लिग: काठमाडौं र चितवन भिड्दै

एक्सप्रेस पाना
मंसिर १२, २०८० मंगलबार
  • 289
    SHARES
  • नेपाल सुपर लिग: काठमाडौं र चितवन भिड्दै

    काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज मंगलबार साबिक विजेता काठमाडौं रेजर्सले एफसी चितवनको समाना गर्दाछ।

    images

    काठमाडौं लगातार दोस्रो जितको खोजिमा हुनेछ। काठमाडौंले आफ्नो पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी डि मेचीलाई १-० ले हराएको थियो। 

    काठमाडौं र चितवनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ।

    images

    हिसुब थपलिया मार्की तथा कप्तान रहेको काठमाडौंलाई राजिव लोप्चन, अमित तामाङ, जुआन ओलिभर सिमो कुन्गुइ, महमुदजोजिएभ शोखरुख जस्ता खेलाडीको साथ रहनेछ।

    यता गोलकिपर विशाल श्रेष्ठ मार्की तथा कप्तान रहेको चितवन पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

    पहिलो खेलमा चितवन पोखरा थन्डर्ससँग १-० ले पराजित भएको थियो। चितवनलाई विमल घर्ती मगर (आइकोनिक), छिरिङ गुरुङ, उत्सव राई, टोरिक जेब्रिन, रफिक अमिनु जस्ता खेलाडीको साथ दिनेछन्। 

    यसअघि सोबार भएको खेलमा स्पोर्टिङ इलामले झापा एफसीलाई १-० गोलले पराजित गर्दै पहिलो जित निकालेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल