शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबिया तेस्रो पटक टी२० विश्वकपमा छनोट

एक्सप्रेस पाना
मंसिर १२, २०८० मंगलबार
  • 337
    SHARES
  • नामिबिया तेस्रो पटक टी२० विश्वकपमा छनोट

    काठमाडौं, मंसिर ११ । नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ।

    images

    घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको हो।

    नामिबियाले जिम्बावेलाई ७, युगान्डालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, रुवान्डलाई ६८ रन र केन्यालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको थियो। उसले मंगलबार तान्जेनियाविरुद्ध भएको खेलमा ५८ रनको जित हासिल गर्दै छनोटमा शीर्ष स्थान कायम राख्यो। अब नामिबियाले छनोटअन्तर्गत अन्तिम खेल नाइजेरीयासँग खेल्ने छ। 

    images

    सन् २०२१ मा यूएई र ओमानमा भएको टी२० विश्वकपमा नामिबिया छनोट भएको थियो। उक्त प्रतियोगितामा नामिबियाले सुपर १२ खेलेको थियो। अर्को वर्ष अस्ट्रेलिया भएको विश्वकपमा पनि नामिबिया छनोट हुँदै समूह चरणका खेल खेलेको थियो।

    मंगलबार सम्पन्न खेलमा १५८ रनको लक्ष्य पछ्याएको तान्जेनियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन मात्र  बनायो। तान्जेनियाका अमल राजिवनले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। उनले ४५ बलमा २ चौका प्रहार गरे।

    यता, ओम्री किटुन्डाले २५ बलमा १ चौकासहित १८ रन बनाए। कासिम नसोरोले १६ र कप्तान अविक पटवाले १४ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    नामिबियाका जेरार्ड इरास्मसले सर्वाधिक २ विकेट लिए। डेविड विसे र बेर्नार्ड स्कोलट्जको नाममा १/१ विकेट रह्यो। 

    त्यसअघि वान्डरेस क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएका थिए।

    नामिबियाका जेजे स्मिथले अविजित रहँदै सर्वाधि ४० रन बनाए। उनले २५ बलमा १ चौका र ४ छक्का प्रहार गरे। ओपनर माइकल भान लिंगेनले ३३ बलमा १ चौकासहित ३० रन बनाए। 

    अर्का ओपनर निकोलस डाभिन २५, कप्तान जेरार्ड इरस्मस २१ र जेन ग्रिनले १८ रन बनाए। यता, जान निकाल लोफ्टी १४ रनमा अवजित रहे।

    तान्जेनियाका यालिन्डे माउरिके एनकेन्या र अखिल अनिलले २/२ विकेट लिए।

    जोनसन नियाम्बो र सलुम जुम्बेलेको नाममा १/१ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट