शुक्रबार, आश्विन २३ गते २०८३
images

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओलीको उपाधि

एक्सप्रेस पाना
मंसिर १५, २०८० शुक्रबार
  • 274
    SHARES
  • आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओलीको उपाधि

    काठमाडौँ, मंसिर १५ । पोखरामा सम्पन्न केपी ओली टी- २० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। 

    images

    शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो।

    मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछाएको नेपाल आर्मीले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन बनाएको थियो। यसअघि मधेश प्रदेशले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो। 

    images

    उपाधि जितेसँगै मधेश प्रदेशले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ। यसैगरी उपविजेता नेपाल आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाएको छ।

    प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

    प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको थियो भने प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट