काठमाडौँ, मंसिर १७ । सन् २०२४ मा आयोजना हुने युरोकपको समुहको ड्र सार्वजनिक भएको छ।
युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदै छ।
शनिबार राति सम्पन्न भएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन्। समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ। त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समुह डी मा परेका छन्।
युरोपका २४ देशले सहभागि जनाउने युरोकपमा अझै ३ देश प्लेअफबाट छानिन बाँकी रहेको छ।
अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन्।
प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ। प्लेअफका खेल आगामी मार्चमा हुने छन्।
समुह ए: जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड
समुह बि: स्पेन, इटाली, क्रोसिया र अल्बानिया
समुह सी: स्लोभेनिया, डेनमार्क, सर्बिया र ईङल्याण्ड
समुह डी: फ्रान्स, अस्ट्रिया, नेदरल्याण्डस र प्लेअफ ए विजेता (पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया)
समुह ई: बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ बी विजेता (इजरायल, बोसनिया, युक्रेन र आइसल्याण्ड)
समुह एफ: पोर्चुगल, टर्की, चेक रिपब्लिक र प्लेस सी विजेता (ग्रीस, जर्जिया, काजकिस्तान र लक्जेम्बर्ग)



