काठमाडौं, मंसिर २१ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन्।
यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो।
जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ।
यसअघि हिलो सम्पन्न खेलमा सन्जिव विष्टको गोलप्रेरित पोखरा थन्डर्स अपराजित रहँदै राजधानीमा शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा स्पोर्टिङ इलाम एफसी डी मेचीलाई १-० गोलअन्तरले पराजित गर्दै पोखरा ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। जारी लिगमा अपराजित रहने पोखरा चौथो टोली हो। पोखराले योसँगै जारी लिगमा दुई जित र दुई बराबरीको नतिजा निकाल्यो।



