काठमाडौँ, मंसिर २२ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलका बीरगञ्ज र झापाले पाएको केहि राम्रो अवसरलाई सदुपयो नगर्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
खेलको ११औँ मिनेटमा झापाका लक्ष्मण रुचालको कर्नर पासमा समान्डर ओचिलोचले करिब १० यार्ड टाढाबाट प्रहार गरेको बललाई बीगरञ्जका गोलरक्षक तथा कप्तान दीप कार्कीले मुस्किलले बचाए। त्यसको एक मिनेटपछि पुन ओचिलोचले गरे शक्तिशाली प्रहार बाँया क्रशबारमा लागेर पर्किएपछि झापाले खेलमा शुरुआती अग्रता बनाउने अवसर गुमाएको थियो।
२५औँ मिनेटमा पेनाल्टी बक्स भन्दा केहि बाहिबाट झापाका जर्ज सान्चेजले गरेको प्रहारलाई बीरगञ्जका गोलरक्षक दीपले बिफल पारी दिए।
३९औँ मिनेटमा पहिलो आक्रमण गरेको बीरगञ्जका लागि तेज तामाङले दिएको पासलाई सुवास गुरुङले हेडमार्फत गोल गर्ने चुके। ४२औँ मिनेटमा झापाका सान्चेजले गरेको शक्तिशाली प्रहारलाई बीरगञ्जका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बाउँ गरे। त्यसपछि पहिलो हाफमा दुबै टोलीले पाएको अवसर सदुपयो नगर्दा खेल गोलरहित बराबरीमा सकिएयो।
४७औँ मिनेटमा बीरगञ्जका कृपाकान्त थारुले गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो। सोहि क्रममा रिबाउन्ड बललाई ओबेद ओसुउले ८ यार्डबाट गरेको प्रहार झापाका गोलरक्षक सुपिचले उत्कृष्ट बचाउ गरे। त्यसको तीन मिनेटपछि झापा आवास लामिछानेले पेनाल्टी एरिया भित्र अनमार्क रहँदा गोल गर्ने चुके।
७२औँ मिनेटमा झापा १० खेलाडीमा समेटियो। झापाका अन्तिम डिफेन्स योगेश गुरुङले बीरगञ्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए। लगतै रेफ्रि राम दसनले योगेशलाई सिधै रोतो कार्ड दिए। त्यसको दुई मिनेटपछि बीरगञ्जका दीपेन्क ठुकरीले करिब ३० यार्डबाट प्रहार गरेको बललाई झापाका गोलरक्षक सुपिचले उत्कृष्ट पन्च गरे।
८९औँ मिनेटमा बीरगञ्जका तेजले प्रहार गरेको फ्रिकिक माथिल्लो बारमा लागेर बहिरियो। त्यसपछि इन्जुरी समयमा झापाका उज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नमा लागेर फर्कियो।
यो सँगै समान ४ खेलबाट ३ अंक बनाएको झापा ८औँ स्थानमा रहेको छ भने बीरगञ्ज २ अंकसहि पूछारमा स्थानमा यथावत रहेको छ।



