शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू१९ एशिया कप : नेपाल लगातार दोस्रो हार

एक्सप्रेस पाना
मंसिर २४, २०८० आइतबार
  • 342
    SHARES
  • यू१९ एशिया कप : नेपाल लगातार दोस्रो हार

    नेपाल एसीसी यू१९ एशिया कपमा लगातार दोस्रो खेलमा पराजित भएको छ।

    images

    आइतबार सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल भारतसँग खेल्ने छ। 

    अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १८८ रन मात्रै बनाउन सक्यो। 

    images

    नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए। उनले १०८ बलमा १३ चौका प्रहार गरे। 

    कप्तान देव खनाल २४, गुल्शनकुमार झा १७, दीपक बोहरा १५ र दीपेश कँडेल ११ रनमा आउट भए। नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

    अफगानिस्तानका फरिदुन दाउदजई र नसीर खान मारुफखिलले ३/३ विकेट लिए। मोहम्मद युनुसले २ विकेट लिँदा वाहिदुल्लाह जद्रान र खालिद अहमदको नाममा १/१ विकेट रह्यो।

    त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा विकेट गुमाउँदै २६१ रन बनायो। अफगानिस्तानका जम्शीद जद्रानले सर्वाधिक १०६ रन प्रहार गरे। १५२ बलमा ८ चौका प्रहार गर्दै उनी रिटार्ड आउट भए।

    यता, नुमन शाहले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए। रहिमुल्लाह जुर्मती ३५, वफीउल्लाह तराखिल १५, खलेल अहमद १३ र खालिद तानिवालले १० रन बनाए। अफगानिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    नेपालका हेमन्त धामी, गुल्शनकुमार झा र सुवास भण्डारीले २/२ विकेट लिए। आकाश चन्द र दीपेश कँडेलको नाममा १/१ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट