काठमाडौं। मंसिर २५ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करण फुटबलमा आज पोखरा थन्डर्स र साविकको विजेता काठमाडौं रेजर्स खेल्दैछन्।
खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ। ५ अङ्क भएर पाँचौँ स्थानमा रहेको काठमाण्डौले भने एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ।
नेपाल सुपर लिगको शीर्ष स्थानमा ललितपुर सिटी छ। हिजोको खेलमा एफसी चितवनलाई ३-१ गोलले हराउँदै ९ अङ्क जोडेर ललितपुर सिटी एफसी शीर्ष स्थानमा पुगेको हो। ८ अङ्क रहेको धनगढी फुटबल क्लब दोस्रो स्थानमा छ।



